Birat Post मंगलबार, साउन १०, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१० साउन ।
बुढिगङ्गा गाउपालिका वडा न.३ मा रहेको जनप्रिय माध्यमिक विद्यालयमा कम्प्युटर इन्जिनियरिङ पढाइ हुने भएको छ । सिटीइ भिटी वाट मान्यता प्राप्त १८ महिने कम्प्युटर इन्जिनियरिङ अध्यापन हुने भएको हो ।

यस बिषयको अध्ययन पश्चात् पुर्णरुपमा रोजगार र स्वरोजगार हुने लक्ष्य राखिएको छ । २०४१ सालमा स्थापना भएको यस विध्यालयले प्राविधिक शिक्षा नै आजको आबस्यकता भएको भन्दै प्रविधिमैत्री कार्यक्रम अगाडि बढाएको विद्यालयका शिक्षक तथा कार्यक्रम संम्योजक लव कुमार यादवले जानकारी दिए ।

न्युनतम शुल्कमा गुणस्तरीय प्राविधिक शिक्षा दिई रोजगार तथा स्वरोजगार बनाइ जिवनस्तर सुधारमा समेत उल्लेखनीय प्रभावपार्न सकिने विस्वास लिएको प्रध्यानाध्यापक शिबकुमार कार्कीले बताए ।उनले विद्यालयको शैक्षिक सुधारमा समेत काम गरिरहेको बताए ।

यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुवनेश्वर मण्डलले सामुदायिक विद्यालयलाई समेत प्रविधिमैत्री बनाइ अगाडि बढाउनु आजको आबश्यकता भएको औल्याए । समाज सुधारमा गुणस्तरीय शिक्षामा महत्वपूर्ण हुने मण्डलले बताए ।

सम्बन्धित

ताजा अपडेट
ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
नेपालमै पहिलो पटक बालविकास सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने
ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल पक्राउ

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल