Birat Post मंगलबार, साउन ०३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३ साउन ।

प्रदेश नं १ मा वढ्दो कोभिड–१९ को रोकथाम एवं उपचारका लागि सबै स्वास्थ्य संस्थाहरु तयारी अवस्था राखिएको छ । हालै मात्र मोरङ जिल्ला कारागारमा रहेका ५४ जना कैदीबन्दीहरुमा कोभिड–१९ पोजेटिभ देखिएको थियो । यस्तै अन्य जिल्लामा पनि कोरोना सक्रमितको सख्या बढेको पाइएको छ ।

कोभिड संक्रमितको उपचारका लागि प्रदेश नं १ सरकारले आबश्यक सवै तयारी पुरा गरेको जनाएको छ । कोभिडले पहिलेकै जस्तो जटिलता ननिम्ताओस् भन्नेमा सचेत रहनुपर्नेमा प्रदेश सरकार रहेको छ ।

प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले प्रदेशमा वढ्दो कोभिड–१९ को रोकथाम एवं उपचारका लागि सबै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्था राखिएको जानकारी दिए । कोभिड नियन्त्रणका लागि पहिला जसरीनै स्वास्थ्य सुरक्षा अपनाउन मन्त्री यादवले नागरिकहरुसँग अनुरोध गरेका छन् ।

ज्वरो तथा स्वासप्रस्वास लक्षण देखिएमा पिसिआर परीक्षण गर्ने र तत्काल स्वास्थ्य सल्लाह लिन मन्त्री यादवले आग्रह गरे । रोडशेष चोक छेउमा रहेको कोभिड उपचार केन्द्रमा तयारी अवस्थामा २८ साधारण, २१ आइसियु तथा ४७ एचडियु शैयालाई थप ब्यवस्थित गरिएको समेत मन्त्री यादवले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
प्रयोगबिहीन झोलुङ्गे पुल सारिने
स्वास्थ्यमा महसुस हुने गरी काम हुँदै छ, बीमा ५ लाख पुग्छः स्वास्थ्यमन्त्री
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म रानीद्धारा माटोसहितको गमला र बिरुवा नष्ट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल