Birat Post शुक्रबार, आषाढ ३१, २०७९ मा प्रकाशित

featured photo: Birat Post

बिराटनगर,३१ असार ।

प्रदेश १ को नाम सबैको साझा र अपनत्व हुने कौशिकी (कोशी नदी)प्रदेश राख्न आग्रह गरिएको छ । प्रदेश १ का विभिन्न क्षेत्रका अगुवाहरुको छलफलमा यसखाले प्रस्ताव अघिसारिएको हो । नेपालका प्रथम जगतगुरु मोहनशरणदेब बालसन्त महाराजको सहजीकरणमा १४ वटै जिल्लाका बिद्धतबर्गहरु, सामाजिक ब्यक्तित्वहरु, बौद्धिक बर्गहरुको सर्बपक्षिय भेलाले कौशिकी प्रदेश नाम राख्दा सबैको भलो हुने र सबै जातजातीहरुको सम्मान र पहिचाहन हुने ठहर गरेको छ ।

कार्यक्रममा प्रदेश संसद साबित्रा रेग्मीले सबैलाई मान्य हुने प्रदेश १ को नाम कौशिकी प्रदेश नाम राख्न र संसदमा छलफल गराउने बताइन् । यसै गरी पुर्ब सामाजिक बिकास मन्त्री जीवन घिमिरेले सबै पाटीका शिर्ष नेताहरु बसेर छलफल भैसकेको भन्दै कौशिकी प्रदेश आफैमा सभ्यता बोकेको हुनाले यही अधिबेशनबाट टुङ्गाउन लागि पर्ने बताए । कौशिकी प्रदेश नाम हुनु पर्ने कारण र प्रमाण देखाउदै जगतगुरु बालसन्त महाराजले बिश्वकै मानब सभ्यताको केन्द्र बिन्दु नै कोशी नदी भएको बताए ।

जसरी सिन्धु सभ्यता गंगा र सतजलको सभ्यता कर्णाली, गण्डकी सभ्यता अत्यन्तै प्राचिन सभ्यताका प्रतिक हुन् । पूर्बिय सामुन्द्रिक तटबाट आएका किरातेश्वर महादेबका सन्तति किरातबंशीहरु र पश्चिमी समुन्द्रतटबाट बिकशित हुदै पूबिर्य धर्ती तिर आएका आर्य जातीहरु दुबै थरी जातीका मानिसहरुको एकताको रुपमा जोड्ने नै कौशिकी नदी तट रहेको हो । दुबै थरी यात्रीहरुको यात्रा यसै कौशिकी(कोशी) किनारमा आई टुंगिएको र अरुण उपत्यकालाई आफनो कर्मथलो बनाई त्यसै कौशिकी सभ्यतालाई अपनाएर लामो समय देखि एकताको भुमिका निर्बाह गर्दै सबै राई, लिम्बु, मगर, गुरुगं, मधेशी, जनजाती, थारु, चौधरी, दलित, क्षेत्री, ब्रामहण साथै सबैको साझा धरोहरका रुपमा कौशिकी नदी भएको र त्यसैलाई आधार बनाएर समाज आज सम्म जिवन्त रहेको प्रमाण सबिस्तार जगतगुरु बालसन्त महाराजले सर्बपक्षिय भेलामा सप्रमाण जानकारी गराएका थिए ।

कौशिकी प्रदेशको नामबाट आन्तरिक तथा बाहय पर्यटनको प्रबद्र्धन गर्न सकिने, प्राकृतिक पर्यटन, धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन लगायत बिकास गर्न सकिने र सबैको साझा बिन्दू हुनाले १ नम्बर प्रदेशको नाम प्रामाणीक तथ्य र सत्यका आधारमा राख्न जोड दिए ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल