Birat Post बिहिबार, आषाढ ३०, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३० असार ।

विराटनगरमा एसआई युके नेपालले ‘बृहत एजुकेशन फेयर २०२२’ को आयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष सम्पर्कसहित शैक्षिक जानकारी गराउने उद्देश्यले बिहिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा एसआई युके नेपालले असार ३१ गते विराटनगरमा ‘बृहत एजुकेशन फेयर २०२२’ को आयोजना गर्ने जनाएको हो ।

स्थापना कालदेखि नै नेपालका विभिन्न स्थानमा शैक्षिक मेला (एजुकेशन फेयर)को आयोजना गर्दै आएको संस्थाका डाइरेक्टर विनय अधिकारीले जानकारी दिए । विराटनगरमा हुने शैक्षिक मेलामा ४ सयको हाराहारीमा विद्यार्थीहरु सहभागी हुने अधिकारीले बताए । शैक्षिक मेला मार्फत बिद्यार्थी र अभिभावकलाई युकेका १५ विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुले प्रत्यक्ष परामर्श दिने छन् ।

त्यसबाट युकेका विश्वविद्यालय तथा शैक्षिक संस्थाको शैक्षिक शुल्क, पढाइने कोर्स , छात्रवृत्ति तथा अन्य सेवा सुविधाका बारेमा जानकारी दिइने छ ।यही प्रशिक्षणका लागि काठमान्डौबाट ५ जना प्रशिक्षक विराटनगर आइपुगेका छन् । एजुकेशन फेयरमा सहभागी हुन आउने विद्यार्थीहरुले उक्त दिनबाट विदेश अध्ययनको प्रक्रिया शुरु गर्नेलाई निशुल्क आईइएलटिएस क्लास लिन पाउने छन् ।

विदेशमा उच्च शिक्षाको अध्ययनमा जान चाहने सम्पूर्ण बिद्यार्थी तथा उनका अभिभावकलाई शैक्षिक मेलामा भाग लिई विश्वविद्यालयको हरेक पक्षका बारेमा  जानकारी लिन र  यस्तो अवसर नगुमाउन अधिकारीले आग्रह गरेका छन् । एसआई युके ग्लोबलका कार्यालयहरु विश्वका ४० वटा देशमा संचालन छन् । एसआई युके ग्लोवल १ सय ५८ विश्वविद्यालयसँग आवद्ध भएर विगत १६ बर्षदेखि शैक्षीक सेवामा काम गरिरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रयोगबिहीन झोलुङ्गे पुल सारिने
स्वास्थ्यमा महसुस हुने गरी काम हुँदै छ, बीमा ५ लाख पुग्छः स्वास्थ्यमन्त्री
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म रानीद्धारा माटोसहितको गमला र बिरुवा नष्ट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल