विराटनगर,३० असार ।
प्रदेश १ का कृषि तथा सहकारी मन्त्री झलकबहादुर मगरसँगको नेदरल्याण्डका एक ब्यक्तिको भेटघाटका विषयमा आलोचनात्मक टिप्पणी सुरु भएको छ । बुधबार मन्त्रालयमा भेटका लागि पुगेका नेदरल्याण्डका कृषि तथा पशु विज्ञ हावेल क्लेंग्स्टा र मन्त्रालय पदाधिकारीको भेटमा लगाएको पोशाक मर्यादित थिएन ।
विराटनगरमा कृषि सम्बन्धी काम गर्दै आएको एक निजी कृषि फर्ममा गाईपालनको विषयमा सेवा उपलब्ध गराउन आएका हावेल मन्त्री मगरसँगको भेटमा अशोभनीय पहिरन कट्टुमा देखिन्छन् । सामाजिक सन्जालमा समेत प्रदेश सरकारको बेइज्जत भएको टिप्पणी हुन थालेको छ ।
मन्त्रालयले यस भेटलाई अनुभव आदानप्रदानको रुपमा लिएको जनाएको छ। हावेल नेदरल्याण्डको पुम नामक संस्थाबाट केहीसाता अघि नेपाल आएका हुन्। पछिल्लो समय यस्ता घटनाहरु सार्वजनिक हुन थालेका छन् । याे हेपाहा प्रविर्ती हाे । यसलाई गैरजिम्मेबार पनकारुपमा लिनपर्ने अधिकारकर्मी उत्तम ढुङ्गेल बताउछन् ।