विराटनगर ,२७ असार ।
बथनाहा–जोगबनी सडक खण्डमा रहेको मीरगञ्ज पुल छेउमा निर्मित नयाँ आर.सी.सी पुल आगामी अगस्त २ तारिक अर्थात साउनभित्रमा संचालनमा आउने भएको छ । मोर व्यापार संघका अध्यक्ष नविन रिजाल संग अररीया विहारकी डिष्ट्रिक्ट मजिस्टेट (डि.एम.) इनायत खानले सोमबार टेलिफोन मार्फत कुराकानी गर्दै नेपाल भारतको ब्यापार ,व्यवसाय सहजीकरणका लागी काम गरिरहेको बताएकी छन् ।
जिर्णोद्वार गरिएको मीरगञ्ज पुलमा हाल कायम गरिएको ८ टन मात्रको न्यून भार क्षमताका विषयमा आफुले प्राविधिक जानकारी लिई रहेको उनले बताइन् । अध्यक्ष रिजालले तत्कालका लागि प्रहरी प्रशासनकै निगरानीमा भएपनि सो पुलबाट खाली गाडीहरु भारत फिर्ता जान दिने व्यवस्था मिलाउन आग्रह गरेका छन् । रिजालकै सक्रियतामा मीरगञ्ज पुल र यसवाट उत्पन्न व्यवधान समाधानमा उनको ठूलो भुमिका रहेको छ ।