काठमाडौं ,१७ असार।
विश्वभर कोरोना भाइरसको संक्रमण बढेको छ । संक्रमण बढेसँगै विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले चिन्ता व्यक्त गरेको छ । डब्लूएचओका अनुसार विश्वका ११० देशमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
कोरोना भाइरसले स्वरूप परिवर्तन गर्दै गए पनि महामारी भने अझै अन्य नभएको र धेरै देशमा अहिले पनि संक्रमण देखिइरहेको डब्लूएचओका अधिकारीहरूले जनाएका छन् ।
“महामारीको स्वरूप परिवर्तन भइरहेको छ, तर महामारी अन्त्य भएको छैन, नयाँ नयाँ स्वरूपमा आउने गरेकाले पूर्ण नियन्त्रण गर्न गाह्रो भएको छ,” डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले भनेका छन् ।