काठमाडौँ,१४ असार ।
नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको आज ७१ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। नेपाली कम्युनिस्ट आन्दोलनका क्रममा ‘जनताको बहुदलीय जनवाद (जबज)को सिद्धान्त प्रतिपादन गरेका भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो ।
भण्डारीले २०४८ सालको महाधिवेशनमा पेस गरेको जबजको सिद्धान्तलाई एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको रूपमा लागू गर्दै आएको छ। भण्डारी र एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा परी रहस्यमय निधन भएको थियो।