Birat Post सोमबार, आषाढ १३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१३ असार ।
जमिनको मुआब्जा दिनुपर्ने कि रोक्का जमिन फुक्का गरिनुपर्ने माग राखेर एक साता देखी सडक आन्दोलन रहेका विराटनगर विमानस्थल पीडितहरुको मागमा प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक देखिएका छन । उनले पहिले जमिनको रोक्का फुकुवा गरिदिने र पछि बजेटको ब्यावस्था गरेपछि विमानस्थल क्षेत्रीय स्तरको बनाउन आफुले सक्दो सहयोग गर्ने बताएका छन ।

आइतबार नेपाली कांग्रेसका केन्द्रिय सदस्य अमृत अर्याल, विराटनगर महानगर पालिकाका पूर्व मेयर तथा नेका केन्द्रिय सदस्य भीम पराजुली सहित ५ जनाको टोलीले प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेटेर २० बर्षदेखी विराटनगर विकासमा पछि पर्दै गएको र विकासका लागि प्रधानमन्त्रीले पहल गरिदिन आग्रह गरेको थियो ।

विराटनगर विमानस्थल क्षेत्रीय स्तरको बनाउन बजेट बिनियोजन नगरिएको र स्थानियको मुआब्जा पनि विरतण नगरिएको कारण स्थानियले सडक आन्दोलन गरिरहेको जानकारी अर्यालले प्रधानमन्त्रीलाई गराएका थिए । पूर्व मेयर पराजुलीले विराटनगर विमानस्थलको ठेक्का लागि सकेको टर्मिनल भवनको ठेक्का रद्द गरेर विराटनरको विकासलाई पछि धकेल्ने काम भएको प्रधानमन्त्रीलाई बताए ।

आधा घण्टा धैर्य पूर्वक विराटनगरका समस्या सुनेका प्रधानमन्त्रीलाई विराटनरको रिङ रोड सिलान्यास भएको ४० बर्ष पुग्दा पनि नबनेको, विराटनगरको ढुवानको समस्या समाधान नभएको, प्रर्दशनी स्थल नबनेको, ६ सय विगा जमिन भएर पनि अमडुवामा स्पेशल इकोनोमिक जोन बन्न नसकेको लगायतका माग पराजुलीले राखेका थिए । अमृत अर्यालका अनुसार प्रधानमन्त्रीले विराटनगरको विकासका लागि आफु लाग्ने आवश्वास दिएको बताए ।

प्रधानमन्त्रीले विराटनगर विमानस्थल पीडितको समस्या नयाँ नागरिक उड्ययन मन्त्री आएपछि आफुले तत्काल जग्गा फुक्का गरिदिन भन्ने र पछि बजेटको व्यवास्था भएपछि विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरको बनाउन काम अघि बढाउने बताए । प्रधानमन्त्रीसंगको साक्षात्कारमा अर्याल र पराजुलीसंगै विराटनगरबाट भेषराज पोखरेल, ज्ञानबहादुर खड्का, प्रदिप भगत सहभागि थिए ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल