विराटनगर, ५ असार ।
प्रियंका जोशी ललितपुरमा भएको प्रतिष्पर्दामा मिस नेपाल २०२२ को विजेता बन्न सफल भएकी छन् । जोशीलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइ दिएकी हुन् । तेसै गरि शरिसा श्रेष्ठ मिस नेपाल अर्थमा घोषित भइन् । साथै नेन्सी खड्का मिस नेपाल इन्टरनेसनलमा चुनिएकी छिन् ।
नेन्सीले रु २ लाख ५० हजार पुरस्कार पाईन् । नेन्सी विराटनगरकी चेली तथा राष्ट्रिय गायक सुमीत खड्काको छोरी हुन् । मिस नेपालको स्पर्धामा मिस इन्टरनेशनल महत्वपूर्ण विधा मानिने भएकोले छोरीले गरेको सफलता देखेर आफु प्रभावित भएको गायक खड्काले बताए । उनले नेपालबाट प्रतिनिधित्व गर्दै थप प्रतिष्पर्दाका लागि जापान जाने अवसर समेत नेन्सीले पाएको जानकारी दिए। विराटनगर ३ निवासी नेन्सीले सेन्टजोसेफ स्कुलबाट एस.एल.सी उतिर्ण गरेकी थिइन । पढाइमा डिग्री गरेकी नेन्सी विगतमा miss univers nepal mas 3runner up भएकी थिइन् ।
प्रतियोगिताको फाइनल चरणमा २४ सुन्दरीहरु मिस नेपालको शीर्ष उपाधिका लागि भिडेका थिए । जस अन्तर्गत विभिन्न ९ वटा सब-टाइटलमा विजेता घोषणा गरिएको थियो । द हिडन ट्रेजरले प्रतियोगिता आयोजना गरेको हो ।