विराटनगर,४ असार ।
विराटनगरका एक सामाजिक व्यक्तित्व तारानाथ घिमिरेले जीवनको उत्तरार्धमा भूमी दान गरेका छन् । आफ्नो ८४ औं बर्ष प्रवेश अर्थात चौरासी महोत्सवका अवसरमा घिमिरेले पवित्र पृथ्वी समाज विराटनगर ३, लाई जग्गा दान गरेका हुन् ।
दम्पती तारानाथ घिमिरे र उनकी श्रीमति मोहनकुमारी निरौला घिमिरेले प्रचलित मुल्य अनुसार करिव ३० लाख बराबरको ६ धुर जग्गा पवित्र पृथ्वी समाज संस्थालाई दान गरि जग्गाको लालपुर्जा हस्तान्तरण समेत गरेका छन् ।
घिमिरे दम्पती भूतपूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरेका माता,पिता हुन् । जीवनमा कमाएको वा रहेको सम्पती केही दान दिनुपर्दछ भन्ने मान्यता छ ,त्यसै अनुरुप दान गरिएको जेष्ठ व्यक्तित्व तारानाथ घिमिरेले बताए ।