Birat Post आइतबार, जेठ २९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२९ जेठ ।
विराटनगरमा राजा महेन्द्रलाई स्मरण गरिएको छ ।  राजा महेन्द्रको १०३ औं जन्मजयन्तीको अवसरमा नेपाल विद्वत परिषद मोरङले आइतवार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी तत्कालिन समयमा चालेका कामहरुको स्मरण गरिएको छ । राजा महेन्द्रकै कदमका कारण नेपाल सार्वभौम सम्पन्न भएको भन्दै बक्ताहरुले उनको त्याग र तपस्यालाई भुल्न नहुने बताए ।

कार्यक्रममा नेपाल विद्वत परिषदका केन्द्रीय अध्यक्ष जितवहादु अर्र्जेलले गणतान्त्रिक नेताहरुको व्यवहारलाई बल्लतल्ल नेपाली जनताले बुझ्दै आएको भन्दै खुसी व्यक्त गरे । अहिले नेपाली जनतामा जागरण आएको छ,अर्यालले भने “कम्तिमा देश भर राजाहरुको स्मरण गरिदै छ ,उनिहरुको योगदानको चर्चा हुदै छ र सालिकहरु ठडिदै छ ।”

पूर्व मन्त्री तथा राजावादी नेता बद्रीप्रसाद मण्डलले राष्ट्रवादी नेपालीले संझिरहनुपर्ने नेतामा राजा महेन्द्र रहेको बताए । राजा महेन्द्रकै पालामा नेपाल सार्वभौम र अधिकार सम्पन्न बन्न सफल भएको बताए । नेपालका भूमीहरु तथा राजधानी काठमान्डौ जानपनि भारतको बाटोहुदै जानुपर्ने र विद्यालयमा पढ्नलाई हिन्दी भाषामा पढ्नुपर्ने र पैसा पनि भारु नोट चलाउनुपर्ने बाध्यात्मक अवस्थालाई राजा महेन्द्रले चिरेर नेपालमै त्यसको समाधान गरी राज्य सञ्चालन गरेको बताए । पूर्व पश्चिम महेन्द्र राजमार्ग बनाउदा होस या नेपालकै नोट प्रचलनमा ल्याउदा बखत देखिनै राजाप्रति विदेशीको नजर परेको र नेपालीले राष्ट्रवाद नचिनेको मण्डलले बताए ।

यस्तै राजनैतिक विश्लेशक तथा नेपाल विद्वत परिषदका केन्द्रीय उपाध्यक्ष बल्लभ प्रसाद दाहालले राष्ट्रवादी भइरहन सजिलो नभएको तर विदेशीको गुलाम बन्दा रातारात धनी बन्ने स्थितिवाट देश गुज्रिरहेको बताए । राजाले विदेशी संग झुक्न नमान्दा यो परिस्थिती आएको भन्दै सवै राष्ट्रवादीहरुले राजनैतिक दलको व्यवहार नियालेर निर्णय लिन आग्रह गरे । राजा महेन्द्रले चालेका कतिपय कदमहरुका कारण नेपालका राजामाथी विभिन्न कोणवाट हमला भइरहेको दाहालले बताए ।

परिषदका मोरङ जिल्ला अध्यक्ष पुष्पराज दाहालको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रवादी व्यक्तित्वहरु श्याम कुमार अधिकारी,कपिल पोखरेल,मीरा गुरुङ लगायतका वक्ताहरुले आ आफ्ना धारणा राखेका थिए ।

सम्बन्धित

ताजा अपडेट
प्रयोगबिहीन झोलुङ्गे पुल सारिने
स्वास्थ्यमा महसुस हुने गरी काम हुँदै छ, बीमा ५ लाख पुग्छः स्वास्थ्यमन्त्री
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म रानीद्धारा माटोसहितको गमला र बिरुवा नष्ट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल