विराटनगर,२४ जेठ ।
विराटनगर स्थित झीपुच (नेपाल भाषा तथा सास्कृतिक संघ) को प्राङ्गणमा कालभैरवको मूर्ति प्राण प्रतिष्ठा तथा अनावरण गरिएको छ । उपत्यका वाहिर पूर्णकदको कालभैरवको मूर्ति पहिलो भएको दावी सस्थाको छ ।
विराटनगर महानगरका निवर्तमान मेयर तथा कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले मूर्तिको अनावरण गरेका छन् । अनावरण कार्यक्रममा बोल्दै पराजुलीले पूर्वको धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रवर्धन तथा विस्तारमा यस्को विशिष्ट योगदान रहने बताए । आफुले शिलान्यास र अनावरण गर्ने मौका पाएकोमा झीपुचलाई धन्यवाद दिएका थिए ।
विराटनगर महानगरले गत २०७८ सालमा १० लाख रकम विनियोजन गरेको थियो । झीपुचका अध्यक्ष हरिवहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विराटनगर महानगरकाे उपमेयर शिल्पा निरौला कार्की, वडा न.१० का वडाध्यक्ष अर्जुन गिरी,प्रजातन्त्र सेनानी तोरेन्द्रमान सिंह प्रधान ,समाजसेवी कृष्णगोपाल श्रेष्ठ ,विराटनगर महानगरका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेत ,सामाजिक अभियन्ता भविश श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै उपमेयर कार्कीले झीपुचले संस्कृति संरक्षणमा गरेकोे कार्य सह्रानिय रहेको बताईन् । यसखाले कार्यक्रममा महानगरले आबश्यक सहयोग गर्ने आश्वासन दिईन् ।