Birat Post मंगलबार, जेठ २४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 

आफुले चालेका योजना र सपनाहरुमा विफल भइरहदा निराश भएर क्रियाशील बन्न छाडेको भए यतिवेला उद्योगी नविन रिजाल भनेर कसैले चिन्दैन थियो । विराटनगरमा वि.स.२०२६ सालमा विनय रिजाल र पुष्पा रिजालको कान्छाे सुपुत्रकारुपमा जन्मेका उनी सफल उद्योगी हुन् । असफलता नै सफलताको सिँढी हो भनेर निरन्तर लागि रहदा धेरैवटा व्यवसाय अपनाए पछि उनलाई सफलता मिलेको हो । काम गर्दै जादा व्यवसायमा अनैकौ आरोह र अवरोह खेपेका उनी हरेस मानेर उदेश्यमा समर्पित नभएको भए आज यो स्थानमा पुग्नेनै थिएनन् । हाल उनी मोरङ व्यापार संघको अध्यक्ष रहेका छन् । उद्योगी,व्यवसायी र जनसरोकारको क्षेत्रमा अथक मेहनतका साथ काम गरिरहेका क्रान्तिकारी ,जुझारु तथा कहिल्यै नथाक्ने उनै रिजाल संग कौशल निरौलाले गर्नु भएको संवाद :

व्यापार व्यवसायमा तपाई कहिले देखि लाग्नु भयो ?

केही न केही व्यापारका कामहरु पुर्खौलीरुपमा पनि हुदै आएको हो । स-साना व्यवसायहरु बुबाले सञ्चालन गर्नु भएको थियो । म जव बुझ्ने र केही गर्न सक्ने भए । त्यस पछाडि मलाई पनि व्यापार गर्ने सोच आयो । सवै भन्दा पहिले वि.स.२०४८ साल ग्रिज रिप्याकिङ गरेर वेच्ने व्यवसाय सुरु गरेको हु । यसमा खासै सफलता मैलै पाइन । यो नै मेरो व्यवसायको पहिलो अध्याय हो ।

त्यस पछाडि तपाई कसरी अगाडी बढ्नु भयो त ?

ममा उत्साह मरिहालेको थिएन । एउटा काममा असफलता भयो भन्दैमा काम छोड्ने पक्षमा म थिइन । काम गर्दा केही सफलता पाइन्छनै भन्ने सुरमा थिए । लगत्तै मैले वि.स.२०४९ मा रीसाइक्लिंङको काम सुरु गरे । वि.स.२०५० सालमा रिजालको ब्रान्डमा प्लाष्टिक ट्याङको सुरुवात गरे । जुन अहिले पनि रिजालको पोलिट्याङ इन्ड्रष्टिज प्रा.लि को नाम वाट सन्चालित छ । यसलाई मेची देखि महाकाली सम्म पुर्याउन सफल भए । यसको माग बढ्यो ,नेपाली उपभोक्ताले मन पराइदिनु भयो । त्यही बाट रिजालको ब्लो ,पोलिट्याङ,सितल, हिमाल ब्राण्डमा ट्याङ्की , रोडडिभाइडर,डसविनहरु उत्पादन भइरहेका छन्।

थप अन्य के कस्ता उद्योग तथा व्यावसायिक फर्म खोल्नु भयो ?

म त्यतिमा मात्र सीमित रहिन । मैले अन्य व्यवसायमा पनि हात हाले । कतिमा सफलता मिलेका छन् । कतिमा निराशाजनक असफलताहरु पनि हात लागे । वि.स. २०५८ मा रिजालको फउन्ड्री चापाकल र मेसिनहरुको पार्ट बनाउथे । जुन वि.स. २०६३ सालमा मजदुर अभावमा बन्द भयो । तत्कालीन आन्दोलनको असर यसमा पर्र्यो । वि.स. २०५९ मा विदेशबाट आयात गरेर रिजालको ग्यास गिजर, आदीको एसेम्ब्लिङ विजनेस सुरु गरेको थिए । त्याे चलिरहेकाे छ ।  इनभटर र वाटर पम्प भने   नेपाल सरकारले गरेको ट्याक्सका कारण बन्द गरे । । यस्तै वि.स.२०६३ मै काठमान्डांैमा दोस्रो ट्याङ्की फ्याक्ट्रि खोले त्यो चालु अवस्थामा रहेको छ । वि.स.२०६४ मा एग्रिकल्चरको पायप खोले जुन सरकारको ट्याक्स पोलेसीले गर्दा बन्द गर्नुपर्यो । यसलाई वि.स.२०६७ मा बन्द गरे । वि.स.२०६७ मा ग्यास इन्ड्रष्टिमा हात हाले । जुन अहिले रिजालको ग्यास छ । त्यो चालु अवस्थामा छ । वि.स.२०७४ मा रिजालको ब्राण्डबाट सिपीभिसी पायप फिटिङ,पिभिसी पायप फिटिङ ,एजडिपी पायपको फ्याक्ट्री खोले । त्यो चलिरहेको छ । कोभिड आए संगै त्यसको महामारीबाट बचाउने उदेश्यका साथ वि.स.२०७७ मा रिजालको हाइजिन इन्ड्रष्टिजको नाममा मास्क साथै सेनेटाइजर उत्पादन गरिरहेको छु । यस्तै वि.स. २०७९ मा प्लाष्टिकको रिसाइक्लिङ् उद्योग सुरु गरेको छु । यी सवै उद्योगहरु मोरङ सुनसरी करिडोरमा सन्चालनमा रहेका छन् ।

उद्योग ,व्यवसायमा कतै असफलता र कतै सफलता पाउनु भएछ हैन ?

म उद्योग र व्यवसाय गर्नबाट थाकेको भए ,वा असफल हुने वित्तिकै यो व्यवसायमा पुनः नलागेको भए म आज यो ठाउँमानै आइपुग्ने थिइन । मैलै सफलता र असफलता दुवै भोगेको छु । यद्यपी असफलतामा भने सरकारको नीतिगत त्रुटी र ट्याक्स पोलेसी मुख्य मान्छु म । स–साना व्यवसायी त सरकारको ट्याक्स पोलेसीका कारण कहिल्यै उठ्न नसक्ने गरी समाप्त भएको त मैले देखेको छु । म आफै यसको सिकार भएको मानिस हु । सरकारले स–साना व्यवसायीका लागि त सोच्दै सोच्दैननी ।

उद्योग व्यसाय संगै अन्य सामाजिक क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ ?
म वि.स.२०६६ सालमा लाइन्स क्लव अफ विराटनगरको अध्यक्ष भए । वि.स.२०७५ मा रोटरी क्लव अफ विराटनगरको अध्यक्ष ,वि.स.२०६५मा  मोरङ व्यापार संघको सदस्य भए । वि.स.२०७२ मा संघको प्रवक्ता ,वि.स.२०७३ मा महासचिव,वि.स.२०७५ मा वरिष्ठ उपाध्यक्ष र वि.स.२०७८माघ १३ गते यसै संघको अध्यक्ष बनेको हु । म विभिन्न सामाजिक तथा धार्मिक संस्थाहरुमा पनि आवद्ध रहेको छु ।

विराटनगरलाई चिनाउन वा आन्तरिक तथा वाह्रय व्यापार बढाउन तपाइले गरेका मुख्य काम केही छन् ?

म खासै खाली बस्न नरुचाउने मानिस हु । केही न केही गरौ भन्ने भाव मनमा आइरहन्छ । मलाई चिनाउने भन्नुस् वा मेरो नेतृत्वमा धेरै कार्यक्रम भएका छन् । विराट महोत्सव वि.स.२०७० मा अन्तराष्ट्रिय व्यपार मेला ट्रेड एक्स्पो जुन सहिद मैदानमा लगाइएको थियो । ५० फिटको पहाड ,५० फिटको डाइनोसर , जाडोमा हिटर जोडेर कार्यक्रम गरेर यो मेला सम्पन्न गरेका थियौ । विराट गोल्डकप वि.स.२०७४ को आयोजक समितिको संयोजक भएर काम गरे ।बासको फ्रडलाइट लगाएर रातको समयमा खेल कार्यक्रम गरेका थियौ । अहिले फ्रड लाइट त्यसैको उपलब्धी मान्नुस् । वि.स. २०७८ बैशाखमा विराट ट्रेड एक्स्पो लगायौ । जसमा बन्जिजम्प,एसी डोम ,कुलर डोम ,जीपलाइन राखेका थियौ ।

मोरङ व्यापार संघको अध्यक्ष भएपछि तपाइले के–के काम गर्नु भयो र के गर्ने लक्ष्यका साथ अगाडि बढिरहनु भएको छ ?

म २०७८ माघ १३ गते यस मोरङ व्यपार संघको अध्यक्ष भएको हु । म आएको ४ महिना पूरा हुदै छ । यद्यपी यो विचमा दर्जनौ कामहरु मैले गरिसकेको छु । मैले उद्योगी ,व्यवसायीका समस्या संगै उपभोक्ताको माग र अवस्थाका विषयमा काम गरिरहेको छु । म आए संगै उद्योगीको लागि मुख्य समस्याकारुपमा रहेको भारत स्थित मीरगन्ज पुल खुलाउन अधितम पहल गरेको थिए । जोगवनी देखि अररियाको डिएम देखि ,पटनाको रोड मन्त्री नितिन नविन देखि ,दिल्लीको रोडमन्त्री नितिन गडकरी, काठमान्डौं स्थित भारतीय राजदुत र दिल्ली स्थित नेपालका का.वा राजदुत रामप्रसाद सुवेदी सहित नेपालकै प्रभावशाली नेताहरु डा.शेखर कोइराला,डा.मिनेन्द्र रिजाल ,तत्कालिन विदेश मन्त्री डा.नारायण खड्का र भारत र नेपालका प्रधानमन्त्री कार्यालय सम्म पटक भेटघाट तथा पत्राचार गरेर १६ बर्षदेखि रोकिएको मिरगन्ज पुललाई अस्थाइरुपमा चालू गर्न सफल भयौं । स्थाइ रुपमा यही असार महिनादेखी पूर्णरुपमा चालू हुने भारतीय पक्षबाट प्रतिबद्धता आएको छ । औद्योगिक मालवाहक सवारी साधनहरुसंग ट्राफिक र स्थानिय तहले लिइरहेको अव्यवहारिक शुल्क र जरिवाना हटाउन सफल भएका छौ । महंगीको मार,सरकार बनौं जिम्मेवार भन्ने नाराका साथ नेपालको आर्थिक तरलताको अवस्थाका विषयमा राष्ट्र वैंक घेराउ देखि प्रधानमन्त्री र अर्थमन्त्रीलाई ध्यानाकर्षण गराउने काम गरेका छौ । विद्यमान विद्युत समस्या र उद्योगमा भएको विद्युत कटौतीका विषयमा गरेको विरोधका कारण विद्युत आपूर्ति सहज बनाउन सफल भएका छौ । स्थानिय पालिकाका प्रमुखहरु र मन्त्रीहरुलाई उद्योग सरोकारका विषयमा घचघचाएका छौ। यस्तै स्थानिय उत्पादनको वजारीकरणका लागि विराट ट्रेड एक्स्पो २०७८ लगाएका थियौं । बुदागतरुपमा भन्नु पर्दा हामिले दर्जनौ कामहरु गरिरहेका छौ। हाम्रो पदाबधी २ वर्षको हुन्छ । म उद्योगी ,व्यवसायीको सवाल संगै उपभोक्ताको हितमा समेत काम गर्छु र गरेका काम सञ्चारमाध्यम मार्फत बाहिर ल्याउने छु ।

मोरङ व्यापार संघको सांगठनिक संरचनालाई कसरी विस्तार गर्नु भएको छ ?

मोरङ व्यापार संघको जिल्लाभरी ११ वटा शाखा रहेका छन् । १५ हजार सदस्य रहेका छौ । जिल्लामा रहेका उद्योग संगै आम नागरिकको सवाललाई यसले महत्वपूर्ण मार्गनिर्देशन गरिरहेको छ । हाल हामिले यसको नाम परिवर्तन गरेका छौ । मोरङ उद्योग व्यपार संघ यसको नाम हुनेछ । उद्योग तथा व्यवसायीका धेरै नै समस्याहरु छन् ।यस संस्थाले पहिचान गरी राज्यलाई घच-घचाउने छ ।

पहिचान भएका तर समाधान नभएका उद्योगीका समस्या भनिदिनु न ?

पहिलो त स्वदेशी उत्पादनको संरक्षण,प्रवर्धन नहुनुनै हो । जनताको लागि संस्थागत निक्षेप व्याजदर कम गरिदैन । जसले सामानको मूल्य कम पर्न जान्छ । तर सरकार गर्ने पक्षमा छैन । केही १।२ जना सीमित उद्योगपति घरानाहरुले देशकै नीति परिवर्तन गराएर निजी दैनिकरुपमा करौडौको फाइदा उठाइरहेका छन् । यस खाले नीति बनाइदिने र नीति बनाउन लगाउने दुवैको मोरङ व्यापार संघ घोर भत्र्सना गर्दछ । यसरी लाखौ साना व्यवसायी र आम नागरिकको ढाड सेक्नेगरी मूल्यमा शोषण गरिरहेको र व्ययभार थपिएको हुनाले यस्ता नीति तुरुन्तै फिर्ता लिनुपर्ने अन्यथा यो समस्या समाधान नभए सम्म हामी राज्य संग लडिरहन्छौ । बैंकहरु छाडा भएका छन् । जनता संग २ प्रतिशत देखी ७ प्रतिशत डिपोजिटमा व्याज दिने र १४ प्रतिशतमा व्याज लिने काम भइरहेको छ । जुन हिजो सामन्ती भनिन्थ्यो ,सामन्तीहरुले गर्दथे । त्यो अहिले बैंकहरुले गरिरहेका छन् । राज्यले पनि त्यसैको पृष्ठपोषण गरिरहेको छ । यो विडम्वना छ । अन्य धेरै समस्याहरु छन् जुन राज्य सन्चालकहरुले सोचेर निर्णय लिए देश समृद्ध बन्ने थियो ।

सम्बन्धित

ताजा अपडेट
अभियन्ता दुर्गा प्रसाईंलाई भद्रपुरबाट काठमाडौँ लगियो
प्रसाइलाई झापाको हिरासतमा राख्ने कि काठमाडौं ल्याउने भन्ने विषयमा छलफल हुदै
नेपाली सेनामा भर्ना खुल्यो,वैशाख २७ भित्र आवेदन दिन सकिने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: biratpost@gmail.com 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

biratpost@gmail.com

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल