Birat Post आइतबार, जेठ २२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 

काठमाडौं,२२ जेठ ।

नेपाली भान्सा मा प्रयोग हुने नूनमा आयोडिनको मात्रा आवश्यकता भन्दा निकै बढी पाइएको छ । नेपालका करिब ११ जना विज्ञ अनुसन्धानकर्ताको नेतृत्वमा गरिएको अध्ययनले नेपाली भान्साको नूनमा आयोडिनको मात्रा अत्यधिक हुने गरेको निश्कर्ष निकालेको हो ।

काठमाडौं इन्स्टिच्युट अफ एप्लाइड साइन्सेस (केआईएस)का अनुसन्धानकर्ता बसन्त गिरी, शिशिर पाण्डे, सदीक्षा शाक्य, भानुभक्त न्यौपाने, त्रिभुवन विश्वविद्यालयका अनुसन्धानकर्ता कृष्णप्रसाद कण्डेल, चन्द्रदिपकुमार यादव, रामप्रवोद यादव, राजेन्द्रबहादुर जीसी, मेघराज योञ्जन, पोखरा विश्वविद्यालयका अनुसन्धानकर्ता विष्णुप्रसाद पाण्डे र सुदूरपश्चिम विश्वविद्यालयका अनुसन्धानकर्ता प्रेमसिंह साउँदको नेतृत्वमा भएको अध्ययनले यस्तो देखाएको हो ।

यी अनुसन्धानकर्ताहरुले गरेको यो अध्ययन न्युयोर्क एकेडेमी अफ साइन्सेसको ‘एनल्स अफ द न्युयोर्क एकेडेमी अफ साइन्सेस’ जर्नलमा मे २५ मा प्रकाशित भएको छ । उक्त जर्नल रिपोर्ट अनुसार अनुसन्धानका लागि विभिन्न सात जिल्लाका २११७ घरबाट नूनको नमुना संकलन गरिएको थियो। यी मध्ये ९८।१ प्रतिशत घरको नुन आयोडिनयुक्त पाइएको छ ।

तर सबै घरको नूनमा औसतमा आयोडिन मात्रा ५३.९ पीपीएम (पार्ट्स पर मिलियन) पाइएको छ । सबैभन्दा कम आयोडिनको मात्रा हुने घरमा ४३.५ पीपीएम र सबैभन्दा बढी हुने घरमा ६१.४ पीपीएम भेटिएको छ । अध्ययन अनुसार ६५ प्रतिशत नुनमा त ४५ पीपीएमदेखि ७५ पीपीएमसम्म आयोडिन फेला परेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को मापदण्ड एवं अन्यको सिफारिस अनुसार नूनमा आयोडिनको मात्रा १५ पीपीएम हुनुपर्ने हो । तर, यो अध्ययनबाट नेपालमा प्रयोग हुने नूनमा मापदण्ड भन्दा तीनदेखि पाँच गुणाबढीसम्मको आयोडिन हुने गरेको देखिएको छ ।

अध्ययन अनुसार समग्रमा नमूनाको ८३.९ प्रतिशत नूनमा अत्यधिक आयोडिनको मात्रा, १३.३ प्रतिशतमा पर्याप्त र ०.९ प्रतिशत नूनमा अपर्याप्त आयोडिन फेला परेको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रयोगबिहीन झोलुङ्गे पुल सारिने
स्वास्थ्यमा महसुस हुने गरी काम हुँदै छ, बीमा ५ लाख पुग्छः स्वास्थ्यमन्त्री
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म रानीद्धारा माटोसहितको गमला र बिरुवा नष्ट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल