काठमाडौं, १७ जेठ ।
पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेकी छिन् । दिल्लीमा भएको भेटमा दुई देशको सम्बन्धका बारे कुराकानी भएको बुझिएको छ । दुई देशबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्ध र भारतले नेपालाई गरिरहेको सहयोगका विषयमा समेत कुराकानी भएको थियो ।
सिंहले गिरिजाप्रसाद कोइरालाले नेपालको राजनैतिक विकासक्रमका खेलेको भुमिकाको स्मरण समेत गरेका थिए । भारतमा रहेकी कोइरालाले सत्तारुढ भारतीय जनता पार्टीका नेताहरुसँग समेत भेटघाट गरेकी छन् । विराट पोष्ट संग कुरा गर्दै कोइरालाले नेपाल भारत सम्वन्ध अझ प्रगाढ बनाउन आबश्यक भएको बताइन् । उनले आफ्नो भ्रमण नितान्त ब्यक्तिगत भएको समेत बताइन् ।