Birat Post सोमबार, जेठ १६, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 

काठमान्डौं,१६ जेठ ।

सत्तारुढ गठबन्धन दलहरु लामो यात्रामा जाने तयारीमा छन् । स्थानीय तहको निर्वाचनमा भएको चुनावी गठबन्धनलाई निरन्तरता दिँदै अगाडि बढ्ने निष्कर्षसँगै अबका सबैजसो निर्वाचनमा सहकार्य गर्दै अगाडि बढ्ने लक्षण ल्याएका हुन् ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न गठबन्धन बैठकले स्थानीय तहको निर्वाचनको समीक्षासँगै कार्यपालिका र जिल्ला समन्वयको निर्वाचनमा पनि गठबन्धन दलहरुबीच सहकार्य जारी राख्ने निर्णय गरेको हो ।

बैठकले ती निर्वाचन गठबन्धन दलहरुबीच तालमेल सार्थक बनाउन प्रदेश र जिल्ला समितिहरुलाई निर्देशन दिने निर्णयसमेत गरेको छ । ३० वैशाखमा भएको निर्वाचन परिणाम २ स्थानीय तह बाहेकका आइसकेपछि गठबन्धनको बैठक बसेको हो । गठबन्धन दलहरूबीच निर्वाचनमा भएको तालमेललाई लिएर गठबन्धनकै केही दल असन्तुष्ट छन् । जनता समाजवादी पार्टी जसपा, नेकपा एकीकृत समाजवादी र जनमोर्चा असन्तुष्ट रहेका हुन् । तर उनीहरुले सोमबारको बैठकमा असन्तुष्टि भने व्यक्त नगरेको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुको उपस्थिति रहेको थियो ।

(हाम्रा कुरा डटकम)

 

सम्बन्धित

ताजा अपडेट
ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
नेपालमै पहिलो पटक बालविकास सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने
ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल पक्राउ

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल