Birat Post सोमबार, जेठ १६, २०७९ मा प्रकाशित

featured photo: Birat Post

उदयपुर,१६जेठ ।
उदयपुरको कटारी नगरपालिकाको भदौरेस्थित चनौटे खोलानजिक सवारी दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। ईटहरी स्थित प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक बासुदेव खतिवडाका अनुसार सोमबार बिहान ट्रक दुर्घटनामा चारजना पुरूषको मृत्यु भएको हो। ट्राफिक प्रहरी प्रमुख खतिवडाले सोलुखुम्बुस्थित मिक्लु सोलु हाईड्रोको लागि हेटौँडाबाट आवश्यक निर्माण सामाग्री सिमेन्ट लैजाने क्रममा ना-८ ख ८२९७ नम्बरको लोबेड ट्रक दुर्घटनामा परेको जानकारी दिए।

स‍ोमबार बिहान करिब अढाइ बजेतिर कुदिरहेको ट्रकका चालक निदाउँदा अनियन्त्रित भएर ट्रक सडकबाट करिब १ सय मिटर तल खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको उनले बताए। यसक्रममा ट्रकका चालक बाराको सिमरा–१ का ३५ वर्षीय सुजित घलान, सहचालक २५ वर्षीय नितेश खड्का, ट्रकमा सवार सिमरा–१ का १७ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङको घटनास्थलमै मृत्यु खतिवडाले जानकारी दिए। हाल घटनास्थबाट शव निकालेर पोस्टमार्टमका लागि लैजाने तयारी भइरहेको उनको भनाई छ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल