Birat Post बिहिबार, जेठ १२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,१२ जेठ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमिति निर्वाचनका लागि तीन अध्यक्षसहित ५४ जनाको उम्मेदवारी परेको छ।
असार ६ गते हुने चुनावमा अध्यक्ष पदमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ तथा फ्रेन्डस क्लबका पूर्वअध्यक्ष राजीव पौडेलसहित गरि तीन जनाको उम्मेदवारी परेको छ।

वरिष्ठ उपाध्यक्षमा दुई, चार उपाध्यक्ष पदका लागि आठ, १३ खुल्ला सदस्य पदका लागि ३६ तथा दुई महिला सदस्य पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ। वरिष्ठ उपाध्यक्षमा शेर्पा प्यानलबाट शिक्षित पराजुली र नेम्वाङ प्यानलबाट विरबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।

उपाध्यक्ष पदका लागि शेर्पा प्यानलबाट उपेन्द्रमान सिंह, दीर्घबहादुर केसी, रत्नकुमार श्रेष्ठ र विज्ञानराज शर्माको उम्मेदवारी परेको छ भने नेम्वाङ प्यानलबाट सुन्दरनरसिंह जोशी, विराटजंग शाही, दावा लामा र दीपक खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् ।

खुल्ला सदस्यका लागि बिहीबार मनोनयन दर्ताको अन्तिम दिन ताप्लेजुङका बालकृष्ण सावाँ, मनाङ मर्स्याङ्दी क्लबका मुखिया लामा र पूर्वखेलाडी सुन्दर थापा क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छन् ।

यसअघि नै सदस्य पदका लागि भरत बुड थापा, दिपेन्द्र धिमाल, भोजराज शाही, अनिल मल्ल, रविन्द्र चन्द, मानदेव हजारा, तपेश्वर कुमार राउत कुर्मी, मणिराज विष्ट, मणिकुमार लिम्बु, अनिल श्रेष्ठ, दिपक थापा क्षेत्री, रामराज गुरुङ्ग, लोकेन्द्र गुरुङ्ग, बाँकेका प्रदेश सिंह राठोर, रुपेश अधिकारी, टिकाराम लामा, विनोद लामा तामाङ्ग, रमेश कुमार श्रेष्ठ, शम्भु बा। सिंह ठकुरी, कुमार कटुवाल, प्रविण कुमार यादव, कृष्ण मुरारी गुरुङ्ग, रमेश व्यन्जनकार, मिलन गुरुङ्ग, विजय घले, नेपाल कार्की, विकास नारायण श्रेष्ठ, महेन्द्र क्षेत्री, पुरुषोतम थापा, प्रविण कुमार सुवाल, निरोज खड्गीको उम्मेदवारी परिसकेको थियो ।

यस्तै, दुई महिला सदस्यका लागि सरिला श्रेष्ठ, विन्द्रा देवान, विमला पौडेल, पेमा डोल्मा लामा र विना श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । आगामी चार वर्षे कार्यकालका लागि असार ६ गते एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, १३ खुल्ला सदस्य र दुई महिला सदस्य गरी २१ सदस्यीय कार्यसमितिका लागि निर्वाचन हुँदैछ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल