विराटनगर,१० जेठ ।मूल्य बृद्धिको विरोधमा विराटनगरमा विरोध प्रदर्शन भएको छ । स्वतन्त्र नागरिक समाजको कार्यक्रम भनिएपनि सत्ता पक्षका स्थानिय तथा केन्द्रीय नेताहरु समेतको सहभागिता रहेको थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली मूल्य बृद्धिको विरोधमा सडकमै उत्रिएका छन् । नागरिकको जनजिविकाको सवालमा जसले गलत काम गरे पनि त्यो सच्याउनुपर्नेमा केन्द्रीय सदस्य पराजुलीको भनाइ थियो ।
उनले मूल्य वृद्धि तत्काल फिर्ता गर्न सरकारलाई आग्रह गरेका छन् । उनले पार्टीको तर्फबाट नभइ स्वतन्त्र नागरिकको हैसियतमा आफुहरु सडकमा आएको बताए । यस्तै स्वतन्त्र नागरिक समाजका संयोजक तथा कांग्रेस युवा नेता अरुण न्यौपानेको संयोजनमा भएको कार्यक्रममा स्थानिय अभियन्ता तथा कांग्रेसका युवानेताहरु प्रविन जोशी, लिला ढुङेल, राजु तामाङ,बद्री सरदार,मनोज कार्की,विनायक पन्त ,तुलसी दुलाल लगायत विराटनगरका विभिन्न नागरिक समाजका व्यक्तित्वहरुको समेत सहभागिता रहेको थियो ।