विर्तामोड,१०जेठ।
प्रदेश सांसद भन्दा पालिकाको मेयर पदमा दम देखिएको छ । यसको ज्वलन्त उदाहरण बनेका छन् प्रदेश सांसदबाट राजीनामा दिएर झापाको मेचीनगर नगरपालिकाको मेयर बन्न सफल गोपालचन्द्र बुढाथोकी । बुढाथोकी मेचीनगर नगरपालिकाकाको मेयरमा विजयी भएका छन् । उनले नेपाली काँग्रेसका उम्मेदवार इन्द्र बुढाथोकीलाई पराजित गरेका हुन् ।
एमालेबाट उम्मेदवार बनेका बुढाथोकीले २६ हजार ४७८ मत पाए भने कांग्रेसका उम्मेदवार बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गरे ।