Birat Post शनिबार, जेठ ०७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

रोशिका अधिकारी

विराटनगर,७ जेठ ।
धरान,धनगढी र काठमान्डौंमा स्वतन्त्र उम्मेदवारहरुले अग्रता कायमै राखेका छन् । उनीहरुको अग्रताले दलका नेताहरुमा एकखाले तरङ सिर्जना गरिदिएको छ ।
धरान उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार हर्कराज राईले अग्रता कायमै राखेका छन् । राईले १२ हजार ८ सय ५ मत प्राप्त गरेका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवारभन्दा १ हजार ६०० मतले र नेकपा एमालेका उम्मेदवार भन्दा ३ हजार ६ सय ५७ मत अन्तरले अग्रता लिएका छन् ।

उनलाई पछ्याइरहेका कांग्रेसका उम्मेदवार किशोर राईले ११ हजार २ सय ५ मत पाउँदा नेकपा एमालेका उम्मेदवार मञ्जु भण्डारी सुवेदीको पक्षमा ९ हजार १ सय ४८ मत प्राप्त गरेकी छन् ।
धनगढी

स्थानीय तह निर्वाचनअन्तर्गत कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले करिब ११ हजार मतले अग्रता बनाएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५१ हजार ६५ मतगणना हुँदा हमालले १० हजार ९ सय ९७ मतले अग्रता लिएका हुन् ।उनले २२ हजार ५ सय ४१ मत पाएका छन् । उनलाई सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले ११ हजार ५ सय ४४ मत ल्याएर पछ्याइरहेका छन् ।
काठमान्डौं
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ९बालेन०ले १५ हजारभन्दा बढी मतले अग्रता लिएका छन् ।

बालेनभन्दा एमाले उम्मेदवार केशव स्थापित १५ हजार ५६८ मतले पछि परेका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा बालेन १५ हजार ६८१ मतले अगाडि छन् ।९० हजार २९२ मत गनेर सकिंदा बालेनले ३३ हजार २६० मत पाएका छन् । केशव स्थापितले १७ हजार ६९२ र सिर्जना सिंहले १७ हजार ५७९ मत पाएका छन् । दोस्रो स्थानमा रहेका स्थापित सिंहभन्दा ११३ मतले अगाडि छन् ।

सम्बन्धित

ताजा अपडेट
प्रयोगबिहीन झोलुङ्गे पुल सारिने
स्वास्थ्यमा महसुस हुने गरी काम हुँदै छ, बीमा ५ लाख पुग्छः स्वास्थ्यमन्त्री
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म रानीद्धारा माटोसहितको गमला र बिरुवा नष्ट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल