रंगेली,६ जेठ ।
मतगणनाको क्रममा खसेको भन्दा बढी मत फेला परेको बिषयलाई लिएर मोरङको रङ्गेलीमा प्रहरी र गठबन्धन दलका कार्यकर्ताहरु बिच झडप भएको छ । मतगणनामा धाँधली गरिएको भन्दै सुरु भएको बिवादले दिनभर रंगेली तनाबग्रस्त बनेको छ ।
मतगणना स्थलको सुरक्षार्थ खटाईएका प्रहरीहरु उपर कार्यकर्ताहरुले ढुुङ्गामुडा गरेपछि झडपको अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ । यसैक्रममा प्रहरीले दुई राउण्ड अश्रु ग्यास समेत प्रहार गरेको छ । रङ्गेली नगरपालिका वडा नं.७ को मतगणनाको क्रममा १०७ मत बढी फेला परेपछि शुक्रबार बिहानैदेखि बिरोध सुरु भएको हो ।