Birat Post शुक्रबार, जेठ ०६, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर, ६ जेठ ।

मोरङको रंगेलीमा मतगणना पुनः स्थगित भएको छ । कांग्रेसका कार्यकर्ताहरु सडका बसेर नाराबाजी  गरिरहेको बताइएको छ । वडा नं.७ मा गणनाका क्रममा खसेकोभन्दा धेरै मत फेला परेपछि गणना रोकिएको हो । मतगणनाका क्रममा १०७ सात मत बढी भेटिएको र अहिले सबैतिरको गणना स्थगित भएको नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार मोदराज घिमिरेले बताए ।

रंगेलीको वडा नं ७ को २,१३३ मतगणना भइसकेको थियो । गन्न बाँकी १,२१६ थियो । तर, ३,२४२ मत खसेकोमा जम्मा मत ३३४९ मत भेटिएपछि सबैतिरको गणना बन्द भएको छ । यसअघि वडा नं.८ को मतपेटिका फुटेको अवस्थामा फेला परेपछि गठबन्धन दलको विरोधका कारण तीन दिन गणना स्थगित भएको थियो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया आफैँ रंगेली पुगेर दलहरुसँग छलफल गरी विवाद मिलाएपछि गणना शुरु भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल