विराटनगर,३० बैशाख ।
नेपाली काँग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले स्थानीय तह निर्वाचनमा गृहजिल्ला मोरङबाट मतदान गरेकी छन् । विराटनगर महानगरपालिका वडा न. ७ स्थित आदर्श माध्यमिक विद्यालयको मतदान केन्द्र (क) मा शुक्रबार कोइरालाले मतदान गरेकी हुन् ।
मतदान सकिए संगै नेतृ कोइरालाले लोकतान्त्रिक गणतन्त्र र संविधान रक्षाको जिम्मा कांग्रेसको काँधमा आएको बताएकी छिन्। सहमती सहकार्य र एकताबाटै मुलुकलाई सही दिशा दिन कांग्रेसले नेतृत्वदायी भुमिका खेल्नु पर्ने बताइन्। विराटनगरलाई शिक्षा ,स्वास्थ्य र प्रविधि मैत्री बनाउनु पर्नेमा जोड दिइन् । विराटनगरको इतिहासलाइ झल्किने गरि स्मार्ट सिटी बनाउन आबश्यक भएको बताइन् ।