विराटनगर,२९ बैशाख ।
प्रदेश नं १ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) अरुणकुमार बिसीले प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरुलाई स्थानीय तहको निर्वाचन २०७९ को सुरक्षा सम्बन्धी निर्देशन दिएका छन् । जिल्ला प्रहरी प्रमुखहरुलाई भिडियो कन्फरेन्समार्फत बिहिबार डिआईजी बिसीले निर्देशन दिएका हुन् ।
स्थानीय तहको निर्वाचन २०७९ लाई सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने सन्दर्भमा समग्र सुरक्षा व्यवस्थापन सम्बन्धी डिआईजी बिसीले निर्देशन दिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । बिसीले मतदानअघि, मतदानको दिन र मतदानपश्चात प्रहरीले सम्पादन गर्नुपर्ने भुमिका तथा निर्वाचन सुरक्षाको जिम्मेवारी पाएको प्रहरीबाट त्रुटिरहित जिम्मेवारी बहन गर्नुपर्ने कुरालाई ध्यानमा राखेर काम गर्न निर्देशन दिएका छन् ।