विराटनगर,२८ बैशाख ।
श्रीलंकामा संकट टार्न नसकेको भन्दै प्रदर्शनकारीले हिंसा चर्काएपछि यतिबेला नेताहरु सेनाको शरणमा पुगेका छन्। आर्थिक संकटपछि श्रीलंकामा हिंस्रक आन्दोलन चलिरहेको छ। त्यहाँ पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्षेको घर साथै शीर्ष नेताहरुको घरमा आगजनी भएको छ।
यस क्रममा त्यहाँ कडा कानून लागू गरिएको छ। श्रीलंका सरकारले आन्दोलनमा होमिने व्यक्तिलाई सेना तथा प्रहरीले गोली चलाउन सक्ने आदेश दिएको छ। यस क्रममा शान्ति कायम गर्न भारतीय सेनाहरु श्रीलंका जाने खबरहरु सार्वजनिक भएका थिए। यस विषयमा भारतले भारतीय सेना श्रीलंका नजाने बताएको छ। त्यस्ता खबरहरु झुठो भएको भारतको भनाइ छ। यद्यपी आर्थिक सुधारको लागि भारतले श्रीलंकाको सहयोग भने गर्ने बताइएको छ। भारतले श्रीलंकामा सेना नपठाउने स्पष्ट पारेको छ।