Birat Post मंगलबार, बैशाख २७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

राजाराम दास

जनकपुरधाम, २७ वैशाख ।

श्री जानकी नवमीको अवसरमा विश्व हिन्दू परिषद् नेपालले देशका विभिन्न स्थानहरुमा अलौकीक कन्यापूजन समारोह सम्पन्न गरेको छ । परिषद्ले विगतका वर्ष झै यस वर्ष पनि धनुषा, पर्सा, नवलपरासी लगायतका जिल्लाहरुमा अलौकीक कन्यापूजन समारोहको आयोजना गरेको हो । मंगलवार जनकपुरधाम–७ स्थित जानकी पतञ्जली योग साधना केन्द्रको प्राङ्गणमा आयोजित समारोहमा २५४ कन्याहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि विश्व हिन्दू परिषद् नेपालका राष्ट्रिय संगठन मन्त्री प्रल्हाद रेग्मी, धार्मिक अगुवाहरु प्रद्युम्न उपाध्याय, पवन ठाकुर, सत्यनाराण ठाकुर, ओम प्रकाश सर्राफ, इ.प्रकाशचन्द्र साह, अंकेश्वर यादव, मनोहर साह तथा जिल्ला समतिका पदाधिकारी, कार्यकर्ता सहित स्थानीयवासीहरु समेतको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

कार्यक्रममा विवाह पञ्चमीको अवसरमा परिषदद्वारा आयोजित सामूहिक विवाह समारोहमा सुनिल कुमार अग्रवाल लगायतका सहयोगीहरुको सम्मान समेत गरिएको थियो । विश्व हिन्दू परिषद नेपालद्वारा आयोजित अलौकिक कन्या पूजन समारोहको मुख्य उद्देश्य समाजमा व्याप्त महिला हिँसा, भ्रुण हत्या एवं दाईजो प्रथा जस्ता कुरितीहरु उन्मूलन गरी समरस एवं सभ्य समाज निर्माण गर्नु रहेको छ । राष्ट्र, धर्म र समाजहीतका लागि विश्व हिन्दू परिषद नेपालले आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिईने परिषदले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल