विराटनगर,२७ बैशाख ।
आज मंगलबार राति १२ बजे देखि आगामी ७२ घन्टाका लागि सबै अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने भएका छन् । निर्वाचनका बेला सीमा बन्द गर्ने विषयमा दुवैदेश बीच छलफल भएका थिए । निर्वाचनको शन्तिसुरक्षालाई मध्यनजर गरेर सीमा नाका बन्द गर्न लागिएको हो । ७२ घण्टे मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज लगाउने गरिन्छ ।
सीमावर्ती जिल्लाका प्रशासन कार्यालयहरुलाई आज मध्यरातिदेखि सीमा नाका बन्द गर्न निर्देशन दिइसकेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालयले सीमा नाका बन्दका लागि तयारी थालेका छन् ।
नेपालका ४२ जिल्ला चीन र भारतसँग जोडिएका छन् । भारततर्फका सीमा नाका खुल्ला हुने भएकाले आवागमन रोक्न चुनौती हुने गरेको छ ।