रामधुनी,२६ बैशाख ।
सुनसरीको रामधुनीलाई पुबौधारमा मात्र नभई सम्पूर्ण विकास गरी विकासको युग सुरुवात गर्ने नेपाली कांग्रेसबाट उपमेयरमा उम्मेदवार दिएकी आशा कुमारी चौधरीले बताएकी छन् ।
अघिल्लो पाँच वर्ष नगर प्रमुखमा आफ्नै पार्टीबाट विजय भए पनि उपमेयर सहित बहुमत नेकपा एमालेको भएकाले काम गर्न नसकेकोले गर्दा आफ्नो टिम यस निर्वाचनमा विजय भएमा नगरमा विकासको युग सुरु हुने दाबी उनको छ । काम गर्नलाई सवै कुराले असर गर्ने र बहुमत दिएर विजयी बनाउन उनले मतदाताहरु संग आग्रह गरिन् ।
आफ्नो प्यानल विजय भएमा विज्ञहरूको सल्लाह र योजनाअनुसार वडावासीको सहयोग जुटाउँदै सबैलाई समेटेर अघि बढ्ने र दीर्घकालिक विकासमा आफ्नो टिम लाग्ने उनले बताइन् । निर्वाचित भए आर्थिक रुपमा कहिल्यै विवादित नहुने र इमान्दारितापूर्वक भ्रष्टाचारलाई शून्यमा झारेर काम गर्ने चौधरीले बताइन् ।