Birat Post सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२६ बैशाख ।
स्थानिय निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुको ज्यान गएका घटनाले चुनावी अभियान अशान्त बनेको चर्चा हुन थालेको छ । ठाउँ ठाउमा भएका झडपले चुनाव अशान्त बनेको आकंलन गरिन थालेको छ । हाल सम्म यस्तै झडपमा परी चार जना म्यादी प्रहरीको ज्यान गइसकेको छ । नेपाल प्रहरीले उपलब्ध गराएको ११ बैशाखदेखि २६ बैशाखसम्मको तथ्यांकअनुसार विभिन्न जिल्लामा गरेर चार जना म्यादी प्रहरीको मृत्यु भएको हो । काठमाडौं उपत्यकामा एक जना, बागमती प्रदेशमा दुईजना र कर्णाली प्रदेशमा एकजना गरी चारजना म्यादी प्रहरीको मृत्यु भएको हो ।

त्यस्तै झडपमा परी २३ जना म्यादी प्रहरी र १६ जना जनपद प्रहरी गरी ३९ जना घाइते भएका छन् । घाइते हुनेमा प्रदेश १ मा चारजना, मधेश प्रदेश र बागमती प्रदेशमा ६–६ जना, गण्डकी प्रदेशमा ४ जना, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक एकजना म्यादी घाइते भएका छन् ।
त्यस्तै सुदूरपश्चिम प्रदेशमा १० जना, कर्णाली प्रदेशमा दुईजना, गण्डकी प्रदेशमा चारजना गरी १६ जना प्रहरी घाइते भएका छन् ।

निर्वाचनको सुरक्षामा खटिएको समयमा ज्यान गुमाउने सुरक्षाकर्मीलाई २० लाख आर्थिक सहायता दिने निर्णय सरकारले गरेको थियो । गृहमन्त्री बालकृष्ण खाँणको प्रस्ताव अनुसार मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको थियो । यद्यपी यस्ता घटना बढ्दै जादा सरकारले थप सुरक्षा संवेदनशिलता अपनाउन जरुरी भइसकेको छ ।

आचरणविपरीत गतिविधि गरेको कसुरमा ४९ म्यादी प्रहरी बर्खास्त भएका छन् । ७ सय ५३ स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य चयनका लागि वैशाख ३० ९आउँदो शुक्रबार मतदान हुँदैछ । निर्वाचन सुरक्षाकै लागि १ लाख म्यादी भर्ना भएका थिए ।

 

सम्बन्धित

ताजा अपडेट
प्रयोगबिहीन झोलुङ्गे पुल सारिने
स्वास्थ्यमा महसुस हुने गरी काम हुँदै छ, बीमा ५ लाख पुग्छः स्वास्थ्यमन्त्री
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म रानीद्धारा माटोसहितको गमला र बिरुवा नष्ट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल