Birat Post शनिबार, बैशाख २४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२४ वैशाख ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विराटनगरको गौरवशाली इतिहासलाई पुनःस्थापित गर्ने काममा कुनै कसर बाकी नराख्ने बताएका छन् । नेकपा एमाले विराटनगरको चुनावी भेलालाई शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । विराटनगरलाई औद्योगिक नगरीको रुपमा विकास गरी सुविधा सम्पत्र र हराभरा सहर बनाउने उनले प्रतिवद्धता व्यक्त गरे ।

अध्यक्ष ओलीले आफनो तीन वर्षे शासनकालमा मधेशमा हुलाकी सडक, शिक्षाबाट बञ्चितलाईलाई भर्ना अभियान सञ्चालन गरेको बताए । मधेशमा आगामी दुई वर्षमा एक लाख ८५ हजार विघा जग्गा सिँचाई हुने सुनकोशी मरिन ड्राइभ निर्माण, जेष्ठ नागरिक भत्ता, विद्युतभार कटौतीको अन्त्य जस्ता कार्य गरेको बताए ।

पूर्वप्रधानमन्त्री ओलीले गठबन्धन दल बहुदलीय प्रतिस्पर्धामा एमालेसँग डराएकाले स्थानीय पालिका निर्वाचनमा विभित्र स्थानमा उम्मेदवारी दिन नसकेको बताए । गठबन्धन दलको आयु आगामी असार १७ गतेसम्म मात्र रहने दावी ओलीले गरेका छन् । उनले कार्यकर्तालाई जनतामाझ रहन निर्देशन समेत दिए । महानगरको प्रमुख पदका उम्मेदवार सागर थापा र उपप्रमुखका उम्मेदवार शिल्पा निराला कार्कीलाई विजयी बनाउन ओलीले आग्रह गरेका थिए । एमालेले जिते विराटनगरको इतिहास स्थापित बन्ने ओलीको भनाइ थियो ।

सम्बन्धित

ताजा अपडेट
प्रयोगबिहीन झोलुङ्गे पुल सारिने
स्वास्थ्यमा महसुस हुने गरी काम हुँदै छ, बीमा ५ लाख पुग्छः स्वास्थ्यमन्त्री
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म रानीद्धारा माटोसहितको गमला र बिरुवा नष्ट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल