काठमान्डौं ,२० बैशाख ।
नेपाली कांग्रेसले देशका प्रमुख १० सहरमा चुनावी सभा आयोजना गर्ने जनाएको छ । चुनावी सभामा कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरु सहभागी बन्ने र कार्यकर्ताहरुलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णय अनुसार वैशाख २१ मा विराटनगर , वैशाख २२ मा चितवनको भरतपुर , वैशाख २३ मा काठमाडौं , वैशाख २४ मा रुपन्देहीको बुटवल , वैशाख २४ मा तनहुँको दमौली र धनुषाको जनकपुरमा, वैशाख २५ मा कास्कीको पोखरा र दाङको तुलसीपुरमा, वैशाख २६ मा कैलालीको धनगढी र वैशाख २७ मा डडेलधुरामा चुनावी सभा आयोजना हुने कांग्रेसले जनाएको छ ।