धरान,१८बैशाख ।
लोकतान्त्रीक बाम गठबन्धन बाट धरान उपमहानगरपालिकाको मेयर पदका उमेदवार किशोर राईले धरानमा खानेपानी मूख्य रुपमा समस्याको जड भएको कारण खानेपानीलाई दिर्घकालिन रुपमा कार्य योजनाहरु बनाएर समस्या समाधान गर्न पहल गरिने बताएका छन् । यस्तै धरानमा धेरै मठमन्दिरहरु रहेको र धार्मिक पर्यटन क्षेत्र विकासका लागि आबयक पहल गरिने बताए । धरानमा रहेका बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर बाबाधाम, विष्णुपादुका लगायत मन्दिरहरुको स्वदेशमा मात्र नभई विदेशमा पनि अत्यन्तै चर्चा भएको बताउँदै राईले यस संरक्षण तथा प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उपमेयरका उमेदवार अईन्द्र विक्रम बेघाले नगरको बृहत्तर विकासका लागि योजनाहरु ल्याएर काम गरिने बताए । नेपाली कांग्रेस धरान उपमहानगर समितिका सभापति श्याम पोखरेलले धरानमा लोकतान्त्रीक अभ्यासका साथ उमेदवार जिताउने अभियानमा होमिएको बताए । उनले गठबन्धनको जित सुनिश्चित रहेको दाबी समेत गरे ।