विराटनगर,१८ बैशाख ।
नेपाली कांग्रेसका तर्फबाट विराटनगर महानगरपालिकाका मेयरका उम्मेदवार बनेका नागेश कोइराला र जनता समाजवादी पार्टी जसपाका तर्फबाट उप–प्रमुखका उम्मेदवार अमरेन्द्र यादवले एउटै मञ्चमा भाषण गरेका छन् । यसको मेलोमेसो श्रमिक दिवसको अवसरमा ट्रेड युनियन कांग्रेस मोरङले आइतबार हडताली हाटमा आयोजना गरेको आमसभामाले मिलाइदियो । दुवै उम्मेदवारले एउटै मञ्चमा भाषण गरे भने एक अर्काको सहयोगमा अगाडी बढ्नुपर्ने धारणा राखे ।
ट्रेड युनियन कांग्रेस मोरङका सभापति शुशिल कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस नेता विमलेन्द्र निधी, डा. शेखर कोइराला, , केन्द्रीय सदस्यहरु अमृत अर्याल, डा. डिला संग्रौला, भीम पराजुली, पूर्व मन्त्री महेश आचार्य लगायतको सहभागिता रहेको थियो ।