विराटनगर,२८ चैत्र ।
विराट ट्रेड एक्स्पो – २०७८’ मा ४० करोड बराबरको कारोबार भएको छ । गत चैत १८ गतेबाट सुरु भएको एक्स्पोले १०औँ दिनसम्म आइपुग्दा ४० करोड हाराहारीमा कारोबार गरेको मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले जानकारी दिए ।
उनका अनुसार ४०/४५ करोडको लक्ष्य राखेकोमा पूरा भएको बताए । दुई लाख ५० हजारभन्दा बढी उपभोक्ताले एक्स्पोको अवलोकन गरेको उनको भनाइ छ । एक्स्पो आइतबारनै समापन भएको छ ।