Birat Post शुक्रबार, चैत्र २५, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२५ चैत्र ।
आदर्श उपभोक्ता संरक्षण समिति विराटनगरले विराटनगर महानगरका मेयर भीम पराजुली सहित चार जनालाई सम्मान गरेको छ । उपभोक्ता संरक्षण समितिको २३ औं साधारण सभाका अवसरमा समाजमा उल्लेखनीय योगदान दिने ब्यक्तिहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा विराटनगर महानगर वडा नं.३ का वडाध्यक्ष बिनोद बस्नेत,पान्चाली मन्दिर विराटनगरका पिठाधिस अच्युत प्रपन्नाचार्य ,नेपाल मेडिकल कलेज काठमान्डौकी स्वास्थ्यकर्मी उषा कार्की रहेका छन् ।

मेयर भीम पराजुली र वडाध्यक्ष विनोद बस्नेतलाई आदर्श नागरिक सम्मान प्रदान गरिएको छ । स्वास्थ्य क्षेत्रको मृगौला डायलसिस सेवामा ३० वर्ष भन्दा लामो समय काम गरेको भन्दै स्वास्थ्यकर्मी उषा कार्कीलाई सम्मान गरिएको हो । यतै सडक ,पेटीमा अलपत्र अवस्थामा रहेका गौं संरक्षण गरेकोमा पाञ्चाली मन्दिरका पिठाधिस अच्युत प्रपन्नाचार्यलाई सम्मान गरिएको हो ।

उपभोक्ता संरक्षण समिति अध्यक्ष मीना जोशीको अध्यक्षतामा भएको कार्यक्रममा पुनरावेदन अदालतका पूर्व न्यायाधिस भिमेन्द्र बहादुर कार्की,समाजसेवी रामबाबु दाहाल,कांग्रेस नेतृ इन्दु सुवेदी लगायतको सहभागिता रहेको थियो । यसै गरी कार्यक्रममा रेखबहादु भट्टराईद्धारा लिखित पुस्तक जीवनपथको मेयर भीम पराजुलीले विमोचन गरेका थिए भने पुस्तकको समिक्षा दिनेश सुवेदीले गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
प्रयोगबिहीन झोलुङ्गे पुल सारिने
स्वास्थ्यमा महसुस हुने गरी काम हुँदै छ, बीमा ५ लाख पुग्छः स्वास्थ्यमन्त्री
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म रानीद्धारा माटोसहितको गमला र बिरुवा नष्ट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल