विराटनगर,२२ माघ ।
नेकपा एमालेका नेता भानुभक्त ढकालले वैशाखभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन् । उनले गठबन्धन सरकार निर्वाचनबाट भागेको आरोप लगाए । समयमै निर्वाचन गरिनुपर्ने भन्दै एमाले खवरदारीमा उत्रिसकेको बताए । एमाले निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसका अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
आयोजित कार्यक्रममा बोल्दै उनले वैशाखभित्र निर्वाचन गर्नुपर्नेमा एमाले रहेको बताए । स्थानीय तहको निर्वाचित जनप्रतिनिधिको पदावधि जेठ ५ गते सकिने बताउँदै उनले वैशाखभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका हुन् ।
संविधान र कानुनले स्थानीय तहको रिक्ततालाई व्याख्या नगरेको बताउँदै पदावधि सकिन २ महिनाअघि निर्वाचन गर्नुपर्ने बताए ।