काठमाडौँ,९ पुस ।
कोरोना भाइरसविरुद्धको फाइजर खोपको ६ लाख ६४ हजार डोज नेपाल आइपुगेको छ। कोभ्याक्स सुबिधा अन्तर्गतको ६ लाख ६४ हजार ६५० डोज खोप शुक्रबार काठमाडौँ आइपुगेको हो।
सरकारले यो खोप प्रदेश नं १ को झापा, मोरङ, सुनसरी, प्रदेश नं २ को सप्तरी, धनुषा, पर्सा, बागमती प्रदेशको काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन र सिन्धुली, गण्डकी प्रदेशको कास्की र बाग्लुङमा दिने बताएको छ।नेपालले कोभ्याक्स सुविधामार्फत् फाइजर खोपको १ लाख ६२० डोज कार्तिक महिनामा प्राप्त गरेको थियो।